बे थि ती

मनका कुरा आज किन सबै खन्याउदैछु
नचिला ठाउँमा मैले किन व्यर्थै कन्याउदैछु !!

पा'कोले नछोड्ने, न'पाकोले मरिमेट्ने
देशको व्यथा व्यर्थै ओकल्दैछु !
ज्यानै गए छोड्ने हैन, कल्प हुँ बृक्ष्य विष म हैन
यस्तै वाहियात म आज किन व्यर्थै बोल्दैछु !!

सदन त उहिले त'ताकै हो नि,अहिले त सडक तताउदैछु
न छोडे उनले, देशैलाई मैले बन्दि अब बनाउदै छु !
बम्किन्छु कै'ले, सुर्किन्छु कै'ले, देशैलाई जोकर बनाउदै छु
टेरेनन कसैले झुक्दिन्छु फेरी, आफ्नै औकात घटाउदै छु !!

तिमि त हुतिहारा, के पो सक्छौ गर्न, तिम्रा करंग अहिलेलाई गन्दैछु
माने मान्नु, नमाने के भो, सडकबाटै देशको संबिधान बनाउदै छु !!!

Comments

Popular posts from this blog

यस्तो हुनुपर्छ बिद्यालय भवन

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development