जीवन

हसिलो मुहार, मुटुभरि व्यथा, हास्नै नमिल्ने !
सुकेको आँत, गहभरि आँशु, पिउनै नमिल्ने !!
उजाड जीवन, मनभरि मोह, जिउनै नमिल्ने !!!


सर्लक्क यौवन, लाजालु त्यो मन, छुट्टिनै नमिल्ने !
खिस्रिक्क मुहार, ज्वलन्त त्यो तन, मिसिनै नमिल्ने !!
ढल्केको जोबन, खिन्न त्यो मन, जोडिनै नमिल्ने !!!


दृढ अठोट,मुर्झाइलो पीडा, फर्किनै नमिल्ने !
ज्वलन्त कान्ती, स्वतन्त्र विचार, छेक्ननै नमिल्ने !!
जीतको उन्माद, हारको पीडा, छुपाउनै नमिल्ने !!!



निरन्तर आशा, अन्त्य त्यो निश्चित, रोकिनै नमिल्ने !
दुनियाँको साथ, मुटुभरि मायाँ, अल्झिनै नमिल्ने !!
एकफेर सक्यो, सकियो सबै, ब्युताउनै नमिल्ने !!!



इति रोज २०६७ ज्येष्ठ १० रोज २ शुभम् |

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

यस्तो हुनुपर्छ बिद्यालय भवन

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development