लामखुट्टे


चलिरन्छ लुकामारी मेरो उनको सुत्ने बेला
भेटिन्न है खोज्दा खेरि, आइहाल्छे त्यो सुत्ने बेला ||

कानमै आइ गुन्जाइदिन्छिन, धुन उनको
कोल्टे फेर्छु सुत्न खोज्छु, म्याट बाल्छु सुत्ने बेला ||

जीवन चल्ने उसको उसै, हामीले पो के के खान्छौं
रगत नभई नअघाउने, कन्याउँ कति सुत्ने बेला ||

टोके मात्र केहि नि हुन्न, नाचिलाउनु बिन्ति मेरो
टोके पछी रिस बढ्छ, तात्छ कन्सिर्नी सुत्ने बेला ||

कति छोटो हुन्छ रात, मस्त संग घुर्न पाए
डस्न थाल्छे उसले फेरी, झाप्पड बहार सुत्ने बेला ||


२०६७/०२/०७ बिहान, अघिल्लो रातको भोगाई

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required