देश जलेको बेला

फुर्दैन रचना अचेल, मुटु पोलेको छ |
रचिन्न साहित्य अचेल, देशै जलेको छ ||

देखिन्न परेवा उडेको, बुद्ध रोएको छ |
फुल्दैन सुनाखरी, डडेलो लागेको छ ||

छैन शान्ति कतै, आक्रोश बढेको छ |
क्ष्यम्म छैन सजाएँ, उत्तेजना चुले'को छ ||

बिक्षिप्त छ मुटु, दनदनी बलेको छ |
बिभत्स कस्तो, शरिर ढलेको छ ||

शितल छैन केहि, भत्भती पोलेको छ |
अभाब- अशान्त मात्रै, देश रोएको छ ||

Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required