बिद्रोह
सत्ता नै रै'छ तिमीलाई प्यारो, किन पहिले छोड्या हो ?? राजसी ठाँट, उन्मादी हाँसो झल्झली पोल्दो हो मुसुक्क हास्ने, दाउने जुँगा म भुलुं कसरि छटपटी तिम्लाई नभा'को हैन देखिन्छ बेस्सरी !!! गरिबको लडाईं भनिकन तिम्ले के भुट्नु भुट्यौ नि दुइ छाक खाना, एकमुठी दाना के लुट्नु लुट्यौ नि कहाँ छन उनि, कहाँ पुग्यौ तिमि फर्केर हेरेनौ सराप्लान बाबै, गरिबका रगत-यो कहिले बुझेनौ !!! आउन त आउछन सबै तिम्रा पछी, बन्दुकको त्रास छ बिद्रोह हुन केहि बेर छैन, यो कहिले बुझ्या छौ ?? सत्ताको लागि के मरीमेट्छौ, सक्दैनौ केहि गर्न न सक्छौ जित्न जनताको आँशु, न हाँसो फर्काउन !!! मिति २०६७/०१/१४ परिबेश: सरकार ढाल्न माओबादीले बैशाख १८ (मे दिवस)देखि गर्न लागेको तथाकथित जनविद्रोहको बिरोधमा उठेको आक्रोश ||| धेरै गल्ति भएका छन, सुधारिदिनु हुनेछ भन्ने आशाको साथ समर्पण ती निस्छल राष्ट्रिय मनहरुमा सुरेश दाई को रिप्लाई सत्ता नै प्यारो रहेछ तिम्लाई, बिर्सन्छौ कसरी, राजसी ठाँट, उन्मादी हाँसो याद आउँछ बेसरी ।। मुसुक्क हाँस्ने, ति घोप्टे जुँगा मुसार्छौ त्यसरी, छटपटी तिम्लाई नभा'को हैन देखिन्छ यस...