सलाम तिल बहादुर !
मानिसका चाहना कति असिमित हुन्छन | अझ एक बच्चाको चाहना त् झन् कति धेरै पो हुन्छ होला | आज मैले त्यस्तो एकजना मान्छे भेटें, जसको बर्णन खै कसरि पो गर्न सकुँला र | उनको पनि चाहना असिमित थिए होलान बालखकालमा | तर अहिले अधबैंशे भैसक्दा उनको इच्छा, आकांक्षा र चाहनाहरु घटेका छैनन्, अझ बरु बढेर गएका छन् | यो कहानी ४० बर्षिय शारीरिक रुपमा अशक्त एक महामानव तिल बहादुर कार्कीको हो | धेरै अघि आफ्नै गाउँबाट आमा सहित लखेटिनु अघि कार्कीजी लाई फगत आफ्नै साथीहरुसँग गाउँमा खेल्ने इच्छा थियो होला | आमालाइ अपाङ्ग बच्चा जन्माइस भनेर गाउँलेले अलच्छिनी आइमाई भनि गाउँबाट निकालिएपछि उनको चाहना हातमुख जोर्ने र राम्रो जीवन जिउने तिर सोझियो होला | गाउँबाट निकालिएपछि उनी काठमाडौं ल्याइए, जहाँ अनेक हण्डर खाई अन्त्यमा पाशुपति क्षेत्र वरिपरि माग्नेको रुपमा रहनु पर्यो | हामीलाई लाग्ला जीवन जिउनैका निम्ति दुइ हात फैलाउनु पर्ने एक अपाङ्ग बालकले खै के नै पो गर्न सक्ला र? तर जब मनमा इरादा मजबुत हुन्छ तब सफलता अवश्य पाइन्छ | उनी दिनभरि पाशुपत क्षेत्र वरिपरी पैसा माग्थे र साँझमा जम्मा भएको पैसा मृगस्थली जङ्गलमा खाल्डो खन...