बाबुराम फेहरिस्त
जानकारी : यो लेख चैत्र ७ गतेको कान्तिपुरमा सरोजराज अधिकारीले लेख्नु भएको लेख हो | सबैले धेरै आशा गरेका बाबुरामको रेकर्ड आफ्नो ब्लगमा रहोस भन्ने मनसायले मात्रै यो लेखलाई यहाँ राखिएको हो | यसको प्रमुख स्रोत हेर्न यहाँ क्लिक गर्नुहोस | काठमाडौ, चैत्र ६ - स्वच्छ छवि, बौद्धिक व्यक्तित्व, सफल अर्थमन्त्रीलगायतका कारण भदौ ११ मा प्रधानमन्त्रीमा निर्वाचित हुँदा धेरैले निकै ठूलो आशा गरेका थिए बाबुराम भट्टराईबाट । तर यतिखेर अधिकांशले भन्न थालेका छन्, जुन जोगी आए पनि कानै चिरेको ! प्रधानमन्त्री भट्टराईको कार्यक्षमतामाथि हालै, चैत पहिलो साता भएका केही घटनाले पनि प्रश्नचिह्न खडा गरिदिएका छन् । उनले न सुशासन दिन सकेका छन्, न त आफ्नै मन्त्रीहरूले गरिरहेको अराजक शैली रोक्न सकेका छन्, कारबाही त परकै कुरा भयो । आइतबार मात्रै मदिराले मातेका स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले वीर अस्पतालका कर्मचारीमाथि दुव्र्यवहार गरे । त्यसै दिन मन्त्रीको दुव्र्यवहार तथा कर्मचारी युनियनको दादागिरी रोक्न नसकेको भन्दै सचिवहरूले सामूहिक राजीनामाको चेतावनी दिए । सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव...