मिडिया हाउगुजी


अकर्मंण्ड्यताका पृष्ठपोषक जो सुकै हुँन (कराउँदा कराउँदा थाकिसकेँ) अब देशमा मलाई कसैप्रति गुनासो छ भने, नेपाली मिडिया प्रति छ | चल्तीका नायक राजेश हमालको ख्याती नेपालमा जति छ ~ सायदै अरु कसैको त्यति छ | उनका निकटतम ख्यातीवाला नामधारी भनेका कि त बकम्फुसे राजनीतिग्य हुन हैन भने सेता तिघ्रा देखाएर फिल्मका गानाबजानामा नाच्ने उनकै समकक्षीहरु हुन | देशका लागि अनवरत लागिरहने, अनेकौँ बाधाहरुका शिकार र साच्चै देशकै लागि भनेर जिन्दगी नै सुम्पने महान व्यक्तित्वहरुको गुणगान भने कि त बिश्वस्तरबाट  उनीहरुले गरेका महान योगदानहरुका लागि सम्मानित हुन्छन, र त्यसो भएन भने उनीहरुको प्रशंसा र योगदान भनेकै उनीहरुले प्राणत्याग गरेको दिन हुन्छ | 

बास्तवमा कति पक्षपाती छ नेपाली मिडिया, यसको सानो उदाहरण भनेको बारम्बार दोहोरिरहने नेपाली चल्तीका नायक राजेश हमालका अगाडी जोडिने विशेषण "महानायक" ले नै बोध गराउछ | उनले फिल्मलाइनमा काम गरेर ख्याती र दाम कमाउने बाहेक देशलाई भलो हुने काम गरेको देखेको भनेको साना नानीबाबुहरुलाई पोलियो थोपा खुवाऔं भन्ने बिज्ञापनमा काम गरेको हो जस्तो लाग्छ, यसकालागि पनि महानायकले पारिश्रमिक कति लिए त्यो चाहिँ जानकारिमा छैन | त्यसबाहेक उनको छिप्पिएको अनुहार भने नदेखिएको सायदै कुनै बिज्ञापन होला | कीरा परेको, लेधो भरिएको रियल जुश बिकाउन देखि लिएर जगदम्बा डण्डी, सिमेन्ट बिकाउन पनि उनकै महानायकिपन बिकाउदैछ नेपाली मिडिया | नेपाली नारीहरुमा रेखा थापाभन्दा हिट नारि सायदै नेपाली मिडियाको आँखामा होला, त्यसैले त नारी सौन्दर्य देखि देश भर एक दर भन्दै प्रचार गर्दै राजधानीका भित्ता/पोलहरुमा झुन्ड्याईन्छिन यिनी |

दु:खको कुरा भन्नुपर्छ देशका लागि अनवरत रही लड्ने, देशकै गरिमा जोगाउन भनेर मरिमेट्ने महान व्यक्तित्वहरुको भने नेपाल र नेपाली मिडियाले कहिल्यै कदर गर्न सकेन | एउटा प्रतिष्ठित पदमा अनवरत कार्य गरि रिटायर्ड भएका संचारकर्मी रबिन्द्र मिश्रले स्वदेश फर्किएर देशलाई समुन्नत पार्न भ्रष्टाचारीका बिरुद्द देशलाईनै जागरुक बनाइ भ्रस्टाचार मुक्त देशको कल्पना गर्न सिकाउने यस्ता व्यक्तित्वलाई संधै झुन्ड्याईने बिल्ला भनेकै खाली संचारकर्मी कै | उनले आफ्नै पहलमा सुरु गरेको "Help Nepal Network" ले नेपालका पाखा पखेरु शिक्षित बनाउँदै छ, भोका नाङ्गा आंतहरु छोप्दैछ तर उनले गरेका योगदानलाई कहिल्यै देखिन्न, कहिल्यै सुनिन्न | डा. अनिल चित्रकार, जसले नेपाली युवाहरुलाई साथ लिएर "परिवर्तन" का निम्ति बाग्मतीका पुलहरु पोतिरहेछन, मन्दिरहरु सिंगारीरहेछन, सम्बिधान बनाउन हेलचेक्रयाई गरिरहेका सभासदहरुलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउने बागडोर सम्हालिरहेका छन्, उनको नाम लेख्न नेपाली पत्रिकाहरुका पाना अभाव भै'रहेछ, उनका विचारहरु प्रस्तुत गर्न नेपाली संचार जगतका TRP बाधक बनिरहेका छन् | अनुराधा कोइराला, जसले केहि नेपाली युवाहरुको सहायताले CNN National Hero को उपाधि जितिन, उनलाई देशले कहिल्यै केहि दिन सकेन, न नै नेपाली मिडियाले दिन सक्यो महानायकको उपाधि | Nepal Youth Foundation का संस्थापक Olga Mother को नाम त अहिल्यै सम्म उच्चारण गरिएको मैले सुनिन, उनका योगदानका कदर गर्न बरु अमेरिकी राष्ट्रपति  दम्पति लागिपरे |   

उत्तम संजेल, जसले नेपाली गरिब/जनजातीको शिक्षाको ठेक्का लिएकाछन् र देशैभरि समता शिक्षा निकेतन मार्फत बिध्यार्थीहरुलाई उच्चशिक्षा प्रदान गर्न मरिमेटेर लागिपरिरहेकाछन्, यिनी कहिल्यै मिडियामा छाउन सकेनन | न त यिनलाई कहिल्यै नेपाल सरकारले सहयोग गर्यो भनि सुन्न पाइएको छ | बिश्वमै चिनिएको ठुलो पुरस्कार म्यागासेसे महावीर पुनको घरमा थन्किएर बसेको छ, नेपाल सरकारले उनको काँध कहिल्यै थुमथुम्याएन ~ कारण नेपाली मिडिया त्यहि एकदिन मात्रै उनको लागि बोल्यो जब उनले सो पुरस्कार पाए | "केहि गरौँ" नारा बोकेर बालबालिकाका शिक्षामा अनवरत लागिपरेका सुरज पोखरेल अनि दुर्गम दुर्गममा पुगि पुस्तकालय खोल्ने Mysansar को नाम त बिरलै कसैले सुने होलान | समाज सेवामा लागेका दिलशोभा श्रेष्ठ, दिक्षा चापागाईंले त साथ पाएका छन् भने बाटोमा भेटिएका अलपत्र/बेबारिशे मुर्छित शरिरहरुको मात्रै | उहाँहरुको बारेमा लेख्न त मेडियाका संधै हात कुंजीन्छन, मुखहरु बन्द हुन्छन र फेरी गुनगान गाउँछन् महानायकहरुको नत्र देशलाई संधै भड्खालोमै जाकिरहने केपी वलीहरुको, प्रचण्ड र मधेसवादी दलहरुको |

यहाँ नाम छुटेका अझ अरु कति छन् स्वयम आफ्ना कामहरुले सम्मानित व्यक्तित्वहरु | मिडियाले कहिल्यै बोल्नेछैनन ती आवाजहरु जसले नेतृत्व गर्दैछ भोका नाङ्गा स्वरहरुको, खाली कुदिरहन्छ त शक्तिशालीहरुको पछाडी |

शक्तिहिनहरुको नि कुरा गर्दिउन भनेर नि के गलफती गरिरहनु र खै ? – भो नकुरागरम |
  
    

Comments

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required