शहरमा जसको चर्चा छ


एउटा व्हीम आउन पर्छ नेपालमा, पछि लाग्नेको कमि हुदैन.. यसको पछिल्लो उदाहारण भएकी छिन नेपाली चेली "माइती नेपाल" कि संस्थापक अध्यक्ष श्रीमती अनुराधा कोइराला, जो हालै सी.एन.एन.ले गरेको बार्षिक सर्वेक्षण सी.एन.एन.हिरोज २०१० का बिजयी यानकी यस बर्षको सी.एन.एन हिरो हुन पुगेकी छिन | हुन त यो सफलता उनलाई रातारात प्राप्त भएको अवश्य होइन न नै मेरो संदेश उनीले सो पुरस्कार जितेर केहि नराम्रो भयो भन्न खोज्ने हो | वास्तबमा उनको यो विजयले गतिलो झापड हानेको छ हाम्रा देशका नेता भनाउँदाहरुको गालामा | आफ्नै डंका फुक्दै गरेका, हरेक कुरोमा सफल नेतृत्व दिन सक्षम छौं भन्दै चुकिरहेका पाजी नेता भनाउँदाहरुको गालामा अनुराधा दिदिको यो दह्रो झापड सफल नेतृत्व दिनसके आफ्नो कार्यको मुल्यांकन हुने रहेछ भन्ने त हुँदै हो र साथै हामी नेपालीहरु भौगोलिक दृष्टिकोणबाट जति उपेक्षित भएपनि, हाम्रो मुलुकको जनसंख्या अरु सबल भनिएका मुलुक सामु मुट्ठीभर भएपनि हामी कति एकताबद्द हुन सक्ने रहेछौँ र कसरि एकरुपताका साथ देशलाई अनुकरणीय योगदान दिनु भएका सबैका आँखाका नानी बनेका अनुराधा दिदिलाई विश्वभरिबाट चुनिएका प्रतिस्पर्धीहरुलाई उछिन्दै जिताउन सफल हुने रहेछौँ भन्ने यो सकारात्मक संदेश हो | छुट्टै नजरबाट हेर्दा देशलाई अनेक भुमरीमा पार्दै गएका ती भ्रस्ट नेताहरुलाई हामी नेपाली जनता कति शक्तिशाली छौँ भन्ने देखाइएको सानो उदाहारण पनि हो - चेतना भाया ! बेलैमा बुद्धी नफिरेमा यो शक्ति चाडै नै मुट्ठी बनेर बज्रिनेछन तिनका गलत कदमहरुको बिरुद्धमा भन्ने पनि हो |

अनि दिदीको यो सफलताबाट प्रेरित भएर मलाई चाहिँ सफल हुने अर्कै धुन चलेको छ | महिला-पुरुष बराबरी भनिएको यो फरक नेपालमा "ससुराली नेपाल" नामको नयाँ संस्था दर्ता गर्ने र शिषित/पिडित पुरुषहरुको क्षेत्रमा नि काम गरौँ कि भन्ने पो लाग्या छ नि| सी.एन.एन. हिरोको किताब जित्नै किन पर्यो र नोमिनेशनमा मात्रै पर्न पाएपनि ट पुगीगो नि .... साथ दिने हजुरहरु हुनुहुँदै छ | भो-नकुरोगरम :)

Comments

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required