कुरा नि बुझिसाद्धे भे'पो !!

अघिल्लो दिनको राष्ट्रिय संचारको समाचारमा उपल्ला दर्जाका भनिएका नेताले नै घोक्रो फुकाउदै भनेका थिए, अहिले सम्म जे भयो भयो, भोलि मंग्सिर ३ गते चाहिँ बजेट पास हुन्छ, त्यहिँ सहमति भा'छ, यो निर्णय भनेको गोकर्ण, हात्तीबन र सिंहदरबारमा भएका छुट्टाछुट्टै सहमतिको उपज हो | तर मंग्सिरको ३ गते जब सबै जनतामा थोरै भएपनि बजेट आउने भन्ने खुशी छल्किएको थियो आँखामा, त्यहिँ समयमा LIVE देखिएको नेपाली संचार माध्यममा त कामचलाउ सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे रोष्ट्रमतिर अघि बढ्दा देखिएको दृष्यले स्तब्ध तुल्यायो हरेक स्वाभिमानी नेपालीलाई ....
यो भिडियो हेर्नुस त ....
http://goo.gl/yG1Ob
लाज लाग्ने त हामी पो भयौं, गर्नेलाई भन्दा देख्नेलाई लाज ....

यसै सम्बन्धमा फेसबुक र ट्वीटरमा समाविष्ट केहि रोचक प्रतिक्रियाहरु :

१) सरकारले जवरजस्ती गर्दा सामान्य ठेलमठेलमात्र भएको हो : माओवादी http://bit.ly/93mHSr ठेलमठेल यस्तो हुने रै'छ है.. !!! हाम्लाई के था??
२) माओवादीको पत्रकार सम्मेलन । संसदमा शुक्रबार राति भएको घटना सरकारको बलजफ्तीको परिणाम रहेको स्पोष्टोक्ति । आफ्ना स... http://bit.ly/cwymRu
३) बैंक लुटिरा बानी, पैसै पैसा होला भन्ठानेर खोस्या रे ... कागज पो रैछ भन्दै फोडेर फाल्देछन, हुन नि हो नि.. पैसै नभा'सुटकेसनि के बोक्या होलान
४) धन्य माउवादी सभासदहरु छन् र हिन्दी फिलिमको फाइट हेर्न पर्या छैन। उहिले गाउँमा माओवादीले कसरी पिट्थे भनेर देख्न पाइयाथेनर माओवादीहर्लाई खुब धेरै भोट देर संविधानसभाँ पठाको नि काम लाओ। मन्त्रीहरु सुरेन्द्र पाण्डे र प्रकाशशरण महतलाई कुटेर लाइभ फाइट देखाए...
५) "गधालाई धोएर गाई हुँदैन" भन्ने उक्ति आज नेपाली माओबादीले फेरी चरितार्थ पारे! आफ्नो धर्म निभाउने माओबादीलाई दोष दिने कि उनीहरुबाट लोकतान्त्रिक ब्यबहार अपेक्ष्या गर्नेहरुलाई?! यत्ति खेर, म जस्ता धेरै धर्म शंकटमा होलान!!!

Comments

  1. हामी मूर्ख मनुष्यले के बुझ्नु यो कुरो ... "कुरा सामान्य हो अरे" भन्ने बुझिएको छ =)

    ReplyDelete
  2. कुरो नि बुझिसाध्य भे पो ! भो न-कुरागरम् ।

    ReplyDelete
  3. कुरो बुझिसक्नु भे'पो! भोन-कुरागरम्...गधालाई धोएर गाई हुने भे'पो!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required